खेलकुद आइतबार, मंसिर १, २०७६

सन्दीप लामिछानेको शानदार प्रदर्शन

हिमालखबर

टी–२० क्रिकेटमा सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।

कर्नाकटा तस्कर्सले दिएको ११५ रनको चुनौती पछ्याएको बंला टाइगर्सले आक्रामक जवाफी ब्याटिङ गरेको थियो । टाइगर्सले तीन ओभरमा ४२ र चार ओभरमा ५५ रन बनाएको थियो ।

यो बेला लगभग खेल टाइगर्सको पक्षमा गइसकेको थियो । तर, पाँचौं ओभरमा आएका सन्दीपले पहिलो बल डट फाले भने दोस्रो बलमा टाइगर्सको पहिलो विकेट लिए । यो ओभरमा सन्दीपले पाँच रन मात्रै खर्चिए ।

छैठौं ओभरमा थप एक विकेट टाइगर्सको गुम्यो । सातौं ओभरमा आएका सन्दीपले चार रन मात्रै खर्चिए भने एक रन आउट र अर्कालाई एक क्याच आउट गराए ।

१४ बलमा बिस्फोट ब्याटिङ गरेका आन्द्रे फ्लेटचर र कप्तान थिसरा पेरेरालाई क्याच आउट गराएका थिए भने कोलिन इन्ग्रामलाई रन आउट गराए ।

तर, टाइगर्सका बाँकी ब्याट्सम्यानलाई रोक्न नसक्दा कर्नाकटा भने पाँच विकेटले पराजित हुन पुग्यो ।

 

प्रतिकृया दिनुहोस