आबुधाबीको जितमा पारस खड्का अविजित
टी–२० क्रिकेटमा पारस खड्का आवद्ध टीम अवु धाबीले वारिवार्सलाई ६ विकेटले पराजित गरेको छ ।
वारिवार्सले टस जितेर ब्याटिङ गर्दै अवु धाबीलाई ९३ रनको चुनौती दिएको थियो । अवु धाबीले चार विकेट गुमाउँदै लक्ष्य भेटाएको छ ।
नेपालका पूर्व कप्तान पारस खड्का क्रिजमा आउदा अवु धाबीलाई जितका लागि दुई रन मात्रै आवश्यक थियो ।
पारसले एक रन लिए पछि एलेक्स क्रिजमा पुगे । उनको एक रनसँगै अवु धाबीले जित निकाल्यो ।