सीमा अतिक्रमण विरुद्ध नेवि संघको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप
लिपुलेक, कालापानी लगायत सीमा अतिक्रमण विरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेवि संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा नेवि संघले भारत र चीन दुवै देशबाट भएको सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शन गरेको छ । प्रदर्शनमा ‘ब्याक अफ इन्डिया–चाइना’ नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा नेवि संघले ‘बालुवाटार र खुला मञ्च त जोगाउन सकेनौं, हाम्रो सीमा पनि जोगाउन नसक्ने हो ?’ तय गरेको थियो ।
नेवि संघले भारतीय दूतावास अगाडि समेत प्रदर्शन गरेको छ । दूतावास अगाडि भएको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको थियो ।