राजापाक्षेकै भाई श्रीलंकाको नयाँ राष्ट्रपति
सत्तारुढ दल युनाइटेड नेशनल पार्टीका उम्मेद्वार सजिथ प्रेमदासालाई पराजित गर्दै विपक्षी उम्मेद्वार गोतबाया राजापाक्षे श्रीलंकाको नयाँ राष्ट्रपति चयन भएका छन् ।
मतगणना नसकिदैं सजिथले हार स्वीकार गर्दै राजापाक्षेलाई बधाई दिएका छन् ।
राजापाक्षेले ५४ प्रतशत मत प्राप्त गरेको छ । यो निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भाग लिएका थिएनन् ।
उनको पार्टी श्रीलंका फ्रिडम पार्टीले राजापाक्षेलाई नै समर्थन गरेको थियो ।
७० वर्षीय राजापाक्षे पूर्व राष्ट्रपति महिंदा राजापाक्षेका भाइ हुन् । निर्वाचनकाे आधिकारिक नतिजा भने घाेषणा भइसकेकाे छैन ।
राष्ट्रपतिको निर्वाचन शनिबार भएको थियो ।