स्कुटर दुर्घटनामा युवतीको मृत्यु
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी कञ्चनपुर भीमदत्त नगरपालिका–६ की १९ वर्षीया अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९, का २२ वर्षीय गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।