प्रधानमन्त्रीको स्वास्थ्यबारे चिन्ता लिनु पर्दैनः ग्राण्डी
प्रधानमन्त्री केपी शर्मा ओलीले धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।
मिर्गौलाले काम नगरे पछि प्रधानमन्त्री ओलीले ग्राण्डीमा नियमित डायलासिस गराउँदै आएका छन् । शनिबार पनि प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको छ ।
डायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य बारे अस्पतालले प्रेस नोट मार्फत् जानकारी दिएको छ । अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले संयुक्त रुपमा नोट जारी गरेका छन् ।
डायलासिस पछि नोट जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो भएकाले चिन्ता लिन नपर्ने उल्लेख गरेको छ ।