नेपाली बालबालिकासँग क्रिकेटमा रमाएका सचिन तेन्दुलकर (तस्वीरहरु)
क्रिकेटका महारथी सचिन तेन्दुलकरले शनिबार किर्तिपुर मैदानमा क्रिकेट खेलेका छन् ।
नेपालका पूर्व कप्तान विनोद दासको टीम विरुद्ध सचिनको टीमले मैत्रीपूर्ण क्रिकेट खेलेका हुन् । शनिबार युनिसेफको कार्यक्रमका लागि उनी काठमाडौं आएका हुन् ।
बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई काठमाडौं ल्याएको हो ।
सचिन र विनोद दासले नेतृत्व गरेको क्रिकेट टीममा बालबालिकाहरु सहभागी थिए । तस्वीरहरूः रोशन सापकोटा