स्थानीय तहकाे उपनिर्वाचनमा २७३ जना प्रतिश्पर्धी
१४ मंसीरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
२८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।