कला/साहित्य शनिबार, कात्तिक ३०, २०७६

‘पब्लिक फिगर मेन्टेन गर्न गाह्रो’ : बिक्रम बराल

हिमालखबर

नेपाल आइडल २ का उपविजेता बिक्रम बराल आजभोलि गीत रेकर्डिङ, कन्सर्ट, कम्पोज जस्ता काममा व्यस्त रहेको बताएका छन् ।

नेपाल आइडलमा ‘भर्सटाइल सिंगर’को उपाधि पाएका बरालको पछिल्लो गीत 'ढाक्यो मायाले' आएको थियो ।

प्रतियोगितामा निर्णायकहरुले उनको गायन कलाको खुलेर प्रशंसा गर्थे । अडिसनबाट नै चर्चामा आएका पोखराका बराल फाइनलमा दोस्रो भएका थिए ।

प्रतियोगिताबाट सामाजमा व्यक्तित्व बनाएका बरालले आफ्नो ‘पब्लिक फिगर’ मेन्टेन गर्न गाह्रो भएको बताउँछन् । भन्छन् ‘नेपाल आइडलको प्रतियोगी भइसकेपछि पब्लिक फिगर भइयो तर, मेन्टेन गर्न गाह्रो हुँदोरहेछ ।’

बोली, पहिरन, हिँडाइ जस्ता हरेक कुरामा विचार गरेर मात्रै हिँड्नुपर्ने भएका कारण कहिलेकाहीँ समस्या हुने गरेको बताउँछन्।

भन्छन् ‘पहिला जस्तो फ्री भएर हिँड्न सकिँदैन । एकदम मेन्टेन गरेर हिँड्नुपर्दा कहिलेकाहीँ दिक्क लाग्छ ।’ अबको एक महीनाभित्र अरु थप नयाँ गीतहरु पनि लिएर आउने तयारी गरिरहेको बताएका छन्।

प्रतिकृया दिनुहोस