पारस खड्का टी–१० मा डेब्यू, पाँचाै नम्बरमा आएका पारसले तीन रन जाेडे
नेपालका पूर्व कप्तान पारस खड्का टी–१० को प्लेइङ इलेभेनमा परेका छन् ।
उनको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी डेब्यू हो । पाँचाै नम्बरमा आएका पारसले तीन बलमा तीन रन जाेडे ।
पारस आवद्ध टीम अबु धाबीले क्वालान्दर्सलाई १०४ रनकाे चुनाैती दिएकाे थियाे । तर, क्वालान्दर्सले १०३ रन मात्रै बनाए पछि खेल बराबरीमा सकिएकाे छ । अबुधाबीले ६ विकेटमा १०३ रन बनाएकाे थियाे ।