सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापालाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय सदस्य समेत रहेका थापालाई प्रेस सल्लाहकार नियुक्त गरिएको छ । प्र
धानमन्त्री ओलीको सचिवालयका ६ जनाको राजीनामा शुक्रबार नै स्वीकृत गरिएको थियो । यसअघिका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएकै दिन थापा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्ले आर्थिक सल्लाहकारमा लालशंकर घिमिरेलाई नियुक्त गरेका छ । यस्तै गजेन्द्र थपलियालाई विकास विज्ञमा नियुक्त गरिएको छ ।