कला/साहित्य शुक्रबार, कात्तिक २९, २०७६

अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारिखमा बस्न आदेश

हिमालखबर

जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ ।

न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएकी थिइन् ।

निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस