आलमलाई रौतहटमा नराखिने
पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रौतहटले मोहम्मद आफताव आलमलाई रौतहट कारागार बाहेक अन्यत्रै राख्ने अनुमति दिएको छ ।
सुरक्षा दृष्टिले उपयुक्त नभए अन्य कारागारमा राख्न अदालतले अनुमति दिएको हो । ‘सुरक्षा दृष्टिले उपयुक्त ठाउँमा राख्नू’ भन्ने आदेश दिए सँगै आलमलाई भीआईपी कारागारमा राख्ने बाटो खुलेको छ ।
तर, प्रहरी शुक्रबार रात परेकाले शनिबार यसबारे निर्णय लिने जनाएको छ । रौतहटमा आलमका समर्थकहरुले मौन प्रदर्शन जारी राखे पछि सुरक्षा व्यवस्था कडा पारिएको छ । आलम पक्राउ परे लगत्तै रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
फरहदवा नरसंहारको आरोप लागेका आलमको आठ दिन लामो थुनछेक बहस चलेको थियो । थुनछेक बहस पछि जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
२७ चैत २०६४ मा बम बिस्फोटबाट घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोप आलम माथि लागेको छ ।