मन्त्रीहरुले आचारसंहिता पालना नगरेको कांग्रेसको आरोप
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनको आचारसंहिता पालना नगरेको बताएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई भेटेर कांग्रेसले आचारसंहिता पूर्ण पालना गराउन आग्रह गरेको छ ।
उपनिर्वाचनकाे अनुगमन गर्न कांग्रेसले बनाएको उपसमितिका संयोजक रमेश लेखक सहितको टोली आयोगको कार्यालय पुगेको थियो ।
टोलीले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आचार संहिता बिपरीत सांसद र मन्त्रीहरुले गतिविधि गरिरहेको कांग्रेसको आरोप छ ।
पाँचथर, बाग्लुङ, संखुवासभा लगायत जिल्लामा आचारसंहिता बिपरीत निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना बाँडिरहेको कांग्रेसले जनाएको छ ।