खेलकुद शुक्रबार, कात्तिक २९, २०७६

नेपाल यू–१९ ले भारत ‘बी’लाई दियो २११ रनको चुनौती

हिमालखबर

यू–१९ एक दिवसीय च्यालेन्जर्समा नेपाल–१९ ले भारत ‘बी’ लाई २११ रनको चुनौती दिएको छ ।

कप्तान रीत गौतमको ८४ रनको योगदानमा नेपालले भारतलाई २२१ रनको चुनौती दिएको हो । ४९.५ ओभर खेलेको नेपालका लागि कप्तान गौतमले १२ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए ।

नेपालका लागि शेर मल्ले ३३ रन बटुले । हरिबहादुर चौहान २०, आकाश चन्द १८, सागर ढकाल ९, गौतम खत्री ५, लोकेश बम ५, ट्रीट दास २, बिशालबिक्रम केसीले ३ रन जोडे । अविशेक बस्नेतले भने खाता खोल्न सकेनन् ।

भारत बी अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस