कुसोममा इन्भेष्टमेन्ट ब्यांकको शाखा
नेपाल इन्भेष्टमेन्ट ब्यांकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं शाखा बिस्तार गरेको छ ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन् ।
काठमाडौं युनिभर्सिटी परिसरमा यो एक्सटेन्सन काउन्टरको विस्तारले दुई प्रतिष्ठानहरूबीचको दीर्घकालीन साझेदारीको महत्वलाई सहयोग पुग्ने आशा गरिएको छ ।
यो शाखा मार्फत विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।