सेलपे सेवा दोस्रो चरणको एक्टिभेसनमा
सेवा प्रदायक सेलकम प्रालिको सेलपेले दोस्रो चरणको स्टल एक्टिभेसन राजधानीका विभिन्न शहरमा गर्ने भएको छ ।
सेलपेले २९–३० कात्तिकमा नक्सालस्थित भाटभटेनी, ६–७ मंसीरमा महाराजस्थित भाटभटेनीमा र १३–१४ मंसीरमा पाटनस्थित भाटभटेनीमा एक्टिभसन गर्ने भएको छ ।
ग्राहकहरुसँग अन्तरक्रिया बढाउन, सेलपे एपको प्रयोग र फाइदाबारे जानकारी दिन एक्टिभेसन गर्न लागिएको प्रालिले जनाएको छ । सेलपेले वास्तविक समयमा भुक्तानि र सहज तथा न्यून सेवा शुल्क लिने दावी गर्दै आएको छ ।