पुन फलो गर्दै सन्दीपले पारसलाई दिए शुभकामना
नेपाली टीमका पूर्व कप्तान पारस खड्का र नेपाली युवा क्रिकेटर यूएईमा छन् । पारस र सन्दीप टी–१० खेल्न युएई पुगेका हुन् ।
पारस आवद्ध टीम आबुधाबीको खेल शुक्रबार राति १०ः४५ बजे हुँदैछ । पारस प्लेइङ इलेभेनमा पर्ने नपर्ने निश्चित नभएका बेला सन्दीपले ट्वीटरमार्फत शुभकामना दिदैं दुवै जनाको फोटो राखेका छन् ।
सन्दीपले पारसलाई ट्वीटरमा फलो समेत गरेका छन् । यसअघि सन्दीपले अनफलो गरेका थिए । पारसलाई अनफलो गरेपछि सन्दीप विवादित बनेका थिए । सन्दीपको खेल भने शनिबार मात्रै शुरु हुँदैछ ।