सी र मोदीबीच भेटवार्ता, सीमा सम्बन्धी विशेष प्रतिनिधिहरुको बैठक बाेलाउनेबारे छलफल
चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्रासिलियामा भेटवार्ता भएको छ ।
ब्राजिलियामा जारी ब्रिक्स सम्मेलनका क्रममा सी र मोदीबीच भेटवार्ता भएको हो । बीबीसीका अनुसार, भेटवार्तामा सीमा क्षेत्रबारे छलफल गर्न विशेष प्रतिनिधिको बैठक राख्नेबारे छलफल भएको छ ।
विशेष प्रतिनिधिको बैठक राख्नेबारे छलफल भए पनि सीमाना देखिइरहेका समस्यामा भने छलफल भएन । सी र मोदीबीच दुई देशको सम्बन्धबारे नै छलफल भएको थियो ।