खेलकुद शुक्रबार, कात्तिक २९, २०७६

टी–१० मा पारस खड्का आवद्ध आबुधाबीको खेल आज, खेल्लान् पारस ?

हिमालखबर

टी–१० क्रिकेट प्रतियोगितामा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध टीम आबुधाबीको खेल आज हुँदैछ ।

शुक्रबारबाटै शुरु हुने टी–१० मा खड्का आवद्ध टीम आबुधाबीले क्वालान्दर्स सँग राति १०ः४५ बजे खुल्दैछ । पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेञ्चाइजीमा पूर्व कप्तान पारस अलराण्डरका रुपमा अनुबन्धित भएका हुन् ।

दश हजार डलरमा अनुबन्धित पारस प्लेइङ इलेभेनमा पर्ने संवभाना बढी देखिन्छ । छोटो फम्र्याटको खेलमा बिस्फोटक ब्याटिङकै कारण प्रतियोगितामा छनोट भएका पारस आवद्ध आबुधाबीमा १३ खेलाडी मात्रै रहेकाले खेल्ने संभावना बढी छ ।

अझ पारस अलराउण्डरको भूमिकामा अनुबन्धित छन् । अर्का, नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीमको खेल भने शनिबार मात्रै शुरु हुनेछ । सन्दीपले अघिल्लो सिजनमै टी–१० खेलिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस