कला/साहित्य विहीबार, कात्तिक २८, २०७६

‘इन्दुस ब्लुज’को प्रदर्शनसँगै ‘फिल्म साउथएशिया’ उद्घाटन

हिमालखबर

पाकिस्तानी लोक संगीतकारले आफ्ना परम्परा र बाजा जीवितै राख्न गरेको संघर्षको बयानको विषयमा तयार पारिएको वृत्तचित्र ‘इन्दुस ब्लुज’को प्रदर्शनसँगै बिहीबार फिल्म साउथएशिया (एफएसए) १२ औं संस्करण शुरु भएको छ ।

पाकिस्तानी फिल्ममेकर जवाद शरीफले निर्देशन गरेको ७५ मिनेट लामो यो वृत्तचित्र ‘अशान्त मुलुकमा शान्ति छर्ने शक्तिशाली सांगीतिक अभिव्यक्ति’को रूपमा दर्शकहरूले प्रतिक्रिया दिएका थिए ।

निर्देशक शरीफले वृत्तचित्र मार्फत पाकिस्तानको अवस्था चित्रण गर्न खोजेको बताएका थिए । यसअघि नेपालका चर्चित लोक रकगायक अमृत गुरुङले महोत्सवको उद्घाटन गरेका थिए ।

कार्यक्रममा फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षित, मितु बर्मा लगायतले बोलेका थिए ।

 

प्रतिकृया दिनुहोस