थप समाचार विहीबार, कात्तिक २८, २०७६

मादक पदार्थ सेवन गरी चलाइएको गाउँपालिकाको गाडीको ठक्करबाट चार घाइते

हिमालखबर

-सौरभ यादव, सप्तरी

मादक पदार्थ सेवन गरी चलाइएको बिष्णुपुर गाउँपालिकाको गाडीको ठक्करबाट चार जना घाइते भएका छन् । स १ झ ५०३ नम्बरको स्कारपिओको ठक्करबाट मंगलबार राति दुई बालक सहित चार जना घाइते भएका छन् ।

दुर्घटना लगत्तै चालक सुकमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी चलाइएको उक्त गाडीको ठक्करबाट बिष्णुपुर गाउँपालिका–७, का १३ वर्षीय छोरा दीपेश साह, १० वर्षीय छोरा राधेश्याम मण्डल, ५० वर्षीया घुर्नीदेवी साह र ११ वर्षीया कजलीकुमारी मण्डल घाइते भएका छन् ।

घाइते दिपेश, राधेश्याम र घुर्नी देवलाई थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने कजलीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस