खेलकुद विहीबार, कात्तिक २८, २०७६

नेपालद्वारा भारतलाई १९४ रनको चुनौती प्रस्तुत

हिमालखबर

एसीसी इमर्जिङ टिम्स प्रतियोगितामा नेपालले भारतलाई १९४ रनको चुनौती दिएको छ ।

टस जितेर भारतले फिल्डिङ रोजेको भारतलाई नेपालले ४४.५ ओभर खेल्दै १९४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि पवन सर्राफले अर्धशतक गरेका छन् ।

अर्धसतक बनाउदा उनले दुई छक्का र साता चौका प्रहार गरे । युवा अलराउण्डर सर्राफले ४९ बलमा ५६ रन जोड्दै बोल्ड हुन पुगे ।

नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् । कुशल भुर्तेल २८, शरद भेषवाकर ४४, आरिफ शेख दुई, दीपेन्द्रसिं ऐरी २४, बिनोद भण्डारी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले २० रन जोडे भने सुशन भारीले दुई रन जोडे । ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् ।

 

प्रतिकृया दिनुहोस