खेलकुद विहीबार, कात्तिक २८, २०७६

भारत बिरुद्ध पवन सर्राफको अर्धशतक

हिमालखबर

एसीसी इमर्जिङ टिम्स प्रतियोगितामा भारत बिरुद्ध नेपालका पवन सर्राफले अर्धसतक गरेका छन् ।

सर्राफले ३७ बलमै अर्धशतक गरेका हुन् । अर्धसतक बनाउदा उनले दुई छक्का र साता चौका प्रहार गरे । युवा अलराउण्डर सर्राफले ४९ बलमा ५६ रन जोड्दै बोल्ड हुन पुगे ।

नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् ।

कुशल भुर्तेल २८, शरद भेषवाकर ४४, आरिफ शेख दुई, दीपेन्द्रसिं ऐरी २४, बिनोद भण्डारी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले २० रन जोडे भने सुशन भारीले दुई रन जोडे । ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् ।

टस जितेर भारतले फिल्डिङ रोजेको भारतलाई नेपालले ४४.५ ओभर खेल्दै १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस