समाचार विहीबार, कात्तिक २८, २०७६

साता दिन बित्यो, सकिएन आलमको थुनछेक बहस

हिमालखबर

फरहदवा नरसंहारको अभियोगमा पक्राउ परेका मोहम्मद आफताव आलमको थुनछेक बहस साता दिन बित्दा पनि सकिएको छैन ।

२१ कात्तिकमा आमलले अदालतमा बयान दिए पछि शुरु भएको थुनछेक बहस अझै सकिएको छैन । २२ कात्तिकमा वादी पक्षका वकिलहरुले बहस गरेका थिए । यसपछि आलम पक्षका अधिवक्ताहरुले बहस गर्न थालेका हुन् ।

तर, बरिष्ठ अधिवक्ताहरु नै धेरै जना भएपछि बहस लम्बिदै गएको हो । आलमका पक्षमा बहस गर्न ३२ अधिवक्ताले नाम लेखाएका छन् । त्यस केही अधिवक्ताले बहस नगरे पनि बाँकीले बहस गर्न चाहे पछि थुनछेक बहस लम्बिदै गएको छ ।

आलम पक्षका धेरै अधिवक्ताहरुले भने त्यस दिन कुनै घटना नभएको तर्क गर्दै आएका छन् ।

२७ चैत २०६४ मा बम बिस्फोटबाट घाइते भएका आफ्नै कार्यकर्तालाई जिउँदै जलाएको आरोपमा २६ असोजमा आलम पक्राउ परेका थिए । 

प्रहरी अनुसन्धान पछि वादी पक्षका अधिवक्ताहरुले भने आलमलाई सर्वस्व सहित जन्मकैदको माग दावी गरेका छन् ।

बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउन गर्दा बिस्फोट भई आफ्नै कार्यकर्ता घाइते भएको र प्रमाण लुकाउन घाइतेहरुलाई जिउँदै इटाभट्टामा जलाएको आरोप आलमलाई लगाइएको छ ।

 

प्रतिकृया दिनुहोस