खेलकुद बुधबार, कात्तिक २७, २०७६

दशरथ रंगशालाकाे पुनर्निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

हिमालखबर

मंसीर दोस्रो साताबाट १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हुँदैछ ।

नेपाल ओलम्पिक कमिटीले प्रतियोगिता शुरु हुनु अगाडि नै पूर्वाधार निर्माण सक्ने प्रतिबद्धता पछि साग नेपालमा हुने निश्चित भएको छ ।

 

गत २४ कात्तिकमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिको बैठकमा सार्क देशहरुले उठाएको प्रश्नमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पूर्वाधारको चिन्ता नलिन आग्रह गरेका थिए ।

त्यसका लागि अहिले काठमाडौं, पोखरा र जनकपुरमा प्रतियोगिताका लागि पूर्वाधार तयारी तीब्र पारिएको छ ।

 

चार वर्ष अगाडि भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा आफैं रंगशाला पुगेर पुनर्निमाणबारे चासो देखाएका छन् ।

अन्तिम चरणमा पुगेको भनिएको रंगशालालाई साग अगाडि नै पूर्णता दिने तयारी भएको छ । रंगशाला तयार नभएकैले विश्वकप छनोटमा कुवेत सँगको होम खेल नेपालले गुमाइसकेको छ ।

 

प्रतिकृया दिनुहोस