सांसदहरुलाई मन्त्री भट्टराईले भने, ‘भीआईपी सुविधा नपाउँदैमा सानो भइदैन’
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सांसदहरुलाई भीआईपी कक्ष प्रयोग नपाउदैमा चित्त नदुखाउन आग्रह गरेका छन् ।
संसदको उद्योग तथा बाणिज्य, श्रम तथा तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न आग्रह गरे ।
विमानस्थलका कर्मचारीले सांसदहरुलाई राम्रो शैलीमा व्यवहार नगरेको गुनासो गरेपछि मन्त्री भट्टटराईले भने, “भीआईपी कक्षलाई प्रतिष्ठासँग जोड्न हुँदैन । मन्त्री हुनुअगाडि म सधैं सामान्य नागरिककै कक्ष प्रयोग गर्थे ।”
उनले भीआईपी सुविधाबारे ध्यान दिन सांसदहरुलाई आग्र गरेका थिए । “भीआईपी कक्षबाट कति जनासम्म आफन्त लैजाने भन्ने मापदण्डको पालना गरौं”, उनले भने ।
विमानस्थलका कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिने चेतावनी दिनेजस्ता प्रवृत्ति त्याग्नुपर्ने उनले बताए ।