एमसीसी कप्तानले देखेकाे उदाउँदो तीन नेपाली क्रिकेटर
नेपाल भ्रमण सकेर फर्किएको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)का कप्तान जिम्मी एडम्सले नेपाल सेतो बलको क्रिकेटमा अब्बल रहेको बताएका छन् । उनले नेपाली क्रिकेटको प्रशंसा गर्दै रातो भन्दा पनि सेतो बलमा अब्बल रहेको बताए ।
नेपालमा क्रिकेट समर्थकहरुको क्रेजबारे समेत उनले प्रशंसा गरेका छन् । “दिनहुँ चार हजार बढी दर्शक हुन्थ्यो”, उनले क्रिकइन्फोसँग भनेका छन् । नेपाल अफगानिस्तानजस्तै उदाउँदो देशका रुपमा पाएको पनि उनले प्रतिक्रिया दिएका छन् ।
कप्तान एडम्सले सन्दीप लामिछाने र पारस खड्काले नेपाली क्रिकेटको बाटो देखाउन सक्ने बताए । अबको तीन चार वर्षभित्रै नेपालका अरु क्रिकेटरले पनि अन्तर्राष्ट्रिय व्यवसायिक प्रतियोगिता खेल्न सक्ने बताए ।
“सन्दीपले खेलिसकेका छन् । पारस टी–१० बाट अगाडि बढ्दै छन् । केही वर्षभित्र तीन चार जना खेलाडी सन्दीप र पारसको लेभलमा पुग्छन्”, उनले भने ।
नेपालको उदाउँदो स्टारका रुपमा कप्तान एडम्सले रीत गौतम, लोकेश बम र खडक बोहरोको नाम लिएका छन् ।
एमसीसी सँग नेपालले टी–२०, एक दिवसीय, तीन दिवसीय र यू–१९ टीमको खेल भएको थियो । यस मध्ये एक दिवसीयमा नेपालले जिते भने बाँकी एमसीसीले ।