गोली लागेर एक जनाको मृत्यु
उदयपुरमा गोली लागेर कटारी नगरपालिका–११ गोठडाडाँका ५० वर्षीय शंकर राउतको मृत्यु भएको छ ।
भरुवा बन्दुकको छर्रा लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सिकार खेल्न गएका उनको कसले चलाएको गोली लागेर मृत्यु भएको भन्ने खुल्न नसकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअगाडि बँदेल मार्न थापेको विजुलीको पासोमा परेर कञ्चनरुप नगरपालिका–५, का २३ वर्षीय अजय मुखियाको मृत्यु भएको थियो ।