संविधान संशोधन र निर्वाचन एउटै प्याकेजमाः शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन र निर्वाचन बारे दलहरुबीच प्याकेजमा सहमति हुनुपर्ने बताएका छन् ।
संशोधन र निर्वाचन हुँदा संविधान कार्यान्वयन भई वर्तमान समस्याबाट मुलुकले निकास पाउने भन्दै कोइरालाले संशोधनमा प्रतिपक्षी एमालेलाई समेत सहज हुने गरी परिमार्जन गरी संशोधन गरिनुपर्ने धारणा व्यक्त गरे ।
नवलपरासी क्षेत्र नं. १ सांसद निर्वाचित कोइरालाले गैडाकोटस्थित सूर्यभक्त–पतनादेवी कलेजको ११ औं स्थापना दिवस समारोहलाई बोल्दै उक्त विचार व्यक्त गरेका हुन् ।
“सरकारले दर्ता गराएको संशोधन विधेयकमा प्रतिपक्षलाई समेत विश्वासमा लिने गरी परिमार्जन गरेर निर्वाचन घोषण गर्दा समस्याको समाधान हुन्छ, यस्तो विषय धेरै अल्झाइरहनु हुँदैन,” उनले भने ।
एमालेलाई समेत विश्वासमा लिएर अघि बढन् सरकार तयार रहनु पर्ने भन्दै कोइरालाले संबिधान जारी गर्दा एक ठाउँमा उभिएका दल फेरि एकै ठाउँमा उभिनु जरुरी भएको बताएका थिए ।
विद्रोही गिरी, नवलपरासी