‘अघोरी बाबा’की पत्नीलाई मुद्दा
आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला अदालत काठमाडौंबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएकाे छ।
विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् ।
त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ ।