अनशन तोड्नुअघि डा. केसीले भारतीय प्रधानमन्त्री मोदीलाई लेखे यस्तो पत्र
डडेलधुराबाट आफ्नो १७ औँ अनशन तोडेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल–भारत सीमानाको बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।
डा. केसीले मोदीलाई लेखेको पत्रमा आफू चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहको अभियानमा भएको र त्यसै क्रममा भारतले निकालेको नयाँ नक्शामा नेपालको पश्चिमी सीमाको कालापानी क्षेत्रको भूभाग भारतमा समेटिएकोमा आफू स्तब्ध भएको बताएका छन्।
उनले पत्रमार्फत नेपाल–भारत सिमा समस्यालाई दुई देशबीचको कुटनीति माध्यमबाट छलफल गरेर समाधान गर्न आग्रह गरेका छन्।