रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट, एक प्रहरी घाइते
रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट भएको छ । बम विस्फाेटबाट एक प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ ।
विस्फोट पछि प्रहरीले एक भारतीय नागरिक पक्राउ गरेको छ । चौकी भारतीय सीमा नजिक पर्ने भएकाले थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनाकाे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टाेली परिचालन भइसकेकाे छ ।