नेपाल यू–१९ भारतसँग १० विकेटले पराजित
यू–१९ च्यालेन्जर्स कप एक दिवसीयमा नेपालले भारत पहेँलो टीमसँग दश विकेटले पराजित भएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले भारत विरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपाली ब्याट्सम्यान चल्न नसक्दा ३२.१ ओभरमा अलआउट हुँदै ११४ रन मात्रै बनाउन सक्यो ।
जवाफी ब्याटिङमा भारतले नेपाललाई सहजै पराजित गरेको छ । भारतले २१.१ ओभरमै लक्ष्य भटायो । भारतका लागि अजयकुमारले ५२ र अर्जुन आजादले ६७ रनको साझेदारी गर्दै अविजित रहे ।