डा. केसी लिन डडेलधुरा गएको हेलिकोप्टर रित्तै फर्कियो
डडेलधुरामा अनशनरत डा.गोविन्द केसी काठमाडौं आउन तयार नभए पछि नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ ।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार, डा.केसीलाई काठमाडौं पठाउने प्रयास असफल भए पछि हेलिकोप्टर रित्तै फर्किएको हो । “हामीले धेरै प्रयास गर्यौं । तर, डा.साबले नमान्नु भए पछि हेलिकोप्टर फर्किएको छ”, प्रजिअ पौडेलले भने ।
सात बुँदे माग सहित आठ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था क्रिटिकल बन्दै गए पछि हेलिकोप्टर डडेलधुरा पुगेको थियो । प्रशासनकै पहलमा हेलिकोप्टर डडेलधुरा पुगे पनि डा.केसी काठमाडौं आउन तयार भएनन् ।
उनले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने र डडेलधुरा पनि नछोड्ने अडान लिएका छन् । प्रहरी लगाएर डा.केसीलाई काठमाडौं ल्याउने प्रयास भए पनि अन्य चिकित्सकहरुले प्रतिकार गरेका थिए ।
यसपछि प्रहरी फर्किएको थियो । डा.केसीको यो सत्रौं अनशन हो ।
याे पनि