सेन्ट्रल जाेन महिला भलिबलमा नेपालको दोस्रो जित
एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालले दोस्रो जित निकालेको छ । सोमबार किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
किर्गिस्तानलाई नेपालले २५–१५, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
बांग्लादेशमा जारी प्रतियोगितामा यसअघि नेपालले अफगानिस्तानलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको थियो । मंगलबार नेपालले आयोजक बांग्लादेश विरुद्ध खेल्नेछ ।
नेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बांग्लादेश र अफगानिस्तान बीच प्रतिश्पर्धा भइरहेको छ ।