‘रुप ज्योतिको म्याद थपले थप आशंका’
उद्योगपति एवम् पूर्व अर्थ राज्यमन्त्री रुप ज्योतिलाई अनुसन्धान गर्न म्याद थप गरिएको प्रति राष्ट्रिय व्यावसायिक पहलले आपत्ति जनाएको छ ।
रुप ज्योतिलाई लगाइएको आरोप गम्भीर प्रकृतिको ठगी नभएकाले त्यसैआधारमा म्याद थप गरी हिरासतमै राख्ने कार्यप्रति ध्यानाकर्षण जनाइएको छ ।
महासचिव सुरेन्द्रबीर मालाकारद्वारा जारी बक्तव्यमा लेखिएको छ, “...दुई पक्षबीचको लेनदेन कारोबारमा धरौटी रकम समेत राखिएको हुनाले हिरासतमै राख्नुपर्ने प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन ।”
चाँडो अनुसन्धान सकेर अदालतमा पेश गर्नुको साटो म्याद थप गरिएको प्रति आशंका उत्पन्न भएको बक्तव्यमा उल्लेख छ ।