नेकपा अनुशासन आयोगमा बोहोरा, लेखामा कँडेल (नामावली सहित)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय निकाय र आयोगको एकीकरण टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय निकाय र आयोगको टुंगो लगाएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवको जिम्मेवारी अशोक रोकायालाई दिइएको छ ।
लेखा परीक्षण आयोगको अध्यक्ष पुष्प कँडेल र सचिव टेकनाथ आचार्य चयन भए भने निर्वाचन आयोगमा बिष्णु पुकार श्रेष्ठ र सचिव माधव पौडेल चयन भएका छन् ।
केन्द्रीय सल्लाहकार कम्युनिष्ट कमिटी अध्यक्ष केशव बडाल र सचिव नन्दकुमार थापा चयन भएका छन् भने ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिव गोविन्द ज्ञवाली बनेका छन् ।
३ जेठ २०७५ मा पार्टी एकीकरण गरेको नेकपामा अब प्रवास कमिटी टुंग्याउन बाँकी छ । नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण टुंग्याइसकेको छ ।