समाचार सोमबार, कात्तिक २५, २०७६

नेकपा सचिवालय बैठक जारी, पार्टी आयोगका प्रमुखहरु नियुक्त गर्ने

हिमालखबर

तस्विर: विक्रम राई


सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकले रिक्त रहेका पार्टीका आयोग प्रमुखहरुको नियुक्त गर्नेछ।

बैठकमा भारतसँगको सीमा विवादबारे पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार अर्का अक्ष्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।

दुई अध्यक्षले सहमति गरेका नाममा सचिवालय बैठकले औपचारिकता दिनेछ। बैठकमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ट नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको उपश्थिति छ।

प्रतिकृया दिनुहोस