साहित्यकार आत्माराम ओझाको निधन
साहित्यकार एवं इतिहासरकार आत्माराम ओझाको हृदयघातले निधन भएको छ ।
भीमदत्त नगरपालिका–१ भाँसी, कञ्चनपुरका ८८ वर्षीय ओझालाई १५ पुस बिहान ३ः४५ बजे हृदयघात भएपछि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको थियो । अस्पतालले तत्कालै मृत घोषणा गरेको उनका भतिजा विनोद ओझाले बताए ।
६७ वर्षदेखि लेखनमा सक्रिय ओझाले साहित्य, इतिहास, संस्कृतिसम्बन्धी दुई दर्जन पुस्तक लेखेका छन् ।
२००६ सालमा ‘देवस्तुति श्लोकबद्ध भाषा’ पुस्तक सार्वजनिक गरेर लेखन यात्रा सुरु गरेका ओझाका स्वयम्वर, शरणार्थी राजकुमार, संक्षिप्त सरल नेपाली रामायण, कृष्णायान, तीला, नेपाल प्रजातन्त्र सुकृति विकृति शतक, सुपको इतिहास परिचय, विविधा, रुवस, त्रिविधा, सुविधा, राजा नागमल्ल, प्रतिचर, मधुरिमा, संजीवनी लगायतका पुस्तक चर्चित छन् । उनका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा सयौं फुटकर रचना प्रकाशन भएका छन् ।
उनको आजै दिउसो महाकाली नदीमा दाहसंस्कार गरिने जनाएको छ ।