टी–१० खेल्न यूएई जाँदै पारस
छोटो फम्र्याटको टी–१० प्रतियोगिता खेल्न नेपालका पूर्व कप्तान पारस खड्का आज युनाइटेड अरब इमिरेट्स (युएई) जाँदैछन् ।
कप्तानबाट राजीनामा दिएका पारसलाई पहिलो पटक विदेशी फ्रेन्चाइजी खेल्न युएई जान लागेका हुन् । २९ कात्तिकदेखि ८ मंसीरसम्म चल्ने टी–१० का लागि पारस टीम आबुधाबीमा आवद्ध भएका छन् ।
पारस टीम आबुधाबीमा १० हजार डलरमा आबद्ध भएका हुन् ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने भने अघिल्लो सिजनबाट टी–१० खेल्न थाल्दै आएका छन् । सन्दीप भने कर्नाटका टस्कर्स टिमबाट खेल्नेछन् ।
पारस आवद्ध टीमको खेल २९ कात्तिकमा हुनेछ भने सन्दीपको खेल ३० कात्तिकबाट शुरु हुनेछ ।