म्यानचेस्टर सिटीविरुद्ध लिड लिडर लिभरपुलको सहज जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराउँदै लिड लिडर लिभर पुलले सहज जित निकालेको छ ।
आइतबार राति सकिएको खेलमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि फाबिन्हो, सलाह र मानेले गोल गरे । फाबिन्होले खेल शुरु भएको छैटौं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
मोहम्मद सलाहले १३औं मिनेटमै गोल गरेपछि पहिलो हाफमा लिभपुरले २–० को अग्रता बनाएको थियो । दोस्रो हाफको ५१औं मिनेटमा साडियो मानेले लिभरपुलका लागि तेस्रो गोल गरे ।
सिटीका बेर्नार्डो सिल्भाले सिटीका लागि सान्तवना गोल फर्काए । जितसँगै लिभरपुल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा कायमै रहेको छ ।