उम्मेद्वारी फिर्ताका लागि हेलिकोप्टर पुगे पनि नेकपामा बागी उम्मेद्वार कायमै
बाग्लुङ–२, (ख) को प्रदेशसभा सदस्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बागी उम्मेद्वार कायम भएको छ ।
निर्वाचन आयोगले दिएको समय सकिदा समेत उम्मेद्वारी फिर्ता नभए पछि बागी उम्मेद्वार कायम भएको हो ।
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा सँग गठबन्धन गर्दै बाग्लुङमा खिमबिक्रम शाहीलाई उम्मेद्वार बनाएको नेकपाका नेता शेरमान घर्तीमगरले बागी उम्मेद्वारी दर्ता गराएका छन् ।
अन्तिम समयसम्म नेकपा नेतृत्वले उम्मेद्वारी फिर्ता लिन आग्रह गरे पनि शेरमानले उम्मेद्वारी फिर्ता गरेनन् । उनको उम्मेद्वारी फिर्ता गराउन बाग्लुङमा हेलिकोप्टर नै लगिएको थियो । ढोरपाटनका मेयर देवकुमार नेपालीले दरबार होटलमाथि हेलिकोप्टर राखिएकाे थियाे ।
तर, निर्वाचन आयोगले दिएको आइतबार एक बजेसम्म उम्मेद्वारी फिर्ता गराउने समय सकियो । शेरमानले उम्मेद्वारी फिर्ता लिएनन् । शेरमानको उम्मेद्वारी दर्ता गराउन नेकपा बाग्लुङकै नेताहरु लागि परेका छन् ।
सधैं जनमोर्चाको उम्मेद्वारलाई भोट हाल्न नसकिने भन्दै नेकपा बाग्लुङका केही नेताहरुले बागी उम्मेद्वार दर्ता गराएका हुन् । नेकपाकै नेता दधिराम अर्याल प्रस्तावक र रिमबहादुर विश्वकर्मा समर्थक रहेर शेरमान घर्तीमगरको उम्मेद्वारी दर्ता भएको छ ।
२०७४ काे निर्वाचनमा वाम गठबन्धनका तर्फबाट जनमाेर्चाका टेकबहादुर घर्तीमगरले निर्वाचन जितेका थिए । तर. उनकाे कलेजाे समस्याबाट मृत्यु भए पछि उपनिर्वाचन हुन लागेकाे छ ।