इबरको घरेलु मैदानमा रियलको जित
स्पेनिस ला लिगामा रियल मड्रिडले इबरलाई घरेलु मैदानमै पराजित गरेको छ ।
रियलले इबरलाई ४–० गोल अन्तरले पराजित गरेको छ । रियलले पहिलो हाफमै ३–० गोल अन्तरले अग्रता लिएको थियो ।
रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । १७ र २९औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए । सर्जियो रामोसले रियलका लागि २०औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको ६१औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई ४–० को फराकिलो अग्रता दिलाएका थिए । इबरले भने सान्त्वना गोल समेत फर्काउन सकेन । जितसँगै १२ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
गोल अन्तरका आधारमा बार्सिलोना पहिलो स्थानमा छ ।