मेसीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगामा शनिबार राति स्टार स्ट्राइकर लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।
केल्टा भिगो विरुद्ध मेसीले ह्याट्रिक गरेका हुन् । २५औं मिनेटमा पेनाल्टीबाट गोल गरेका मेसीले पहिलो हाफको थपिएको समयमा गोल गरे । दोस्रो हाफमा ४८औं मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे ।
केल्टा भने बार्सिलोनासँग ४–० गोल अन्तरले पराजित भएको छ । बार्सिलोनाका लागि चौंथो खेल खेलको ८५औं मिनेटमा सर्जियोले गरेका थिए ।
जितसँगै बार्सिलोना भने १२ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । केल्टा भने १३ खेलबाट ९ अंक सहित १८औं स्थानमा छ ।