समाचारशनिबार, २३ कार्तिक , २०७६

अमेरिकी राजदूत बेरीको कला मोह

हिमालखबर

अमेरिकाको राजदूत र्‍यान्डी डब्लु बेरी कलाले सशक्त प्रतिकृया उत्पन्न गर्ने बताए । कमलादीस्थित आफ्नो राजदूत निवासमा उनले संकलन गरेका कलाकृतिको बारेमा जानकारी दिँदै यस्तो बताएका हुन् ।

नेपाल तथा अमेरिकाका कलाकारहरुले बनाएका कलाकृति संकलन गरेका बेरीले चित्रकला, थांका, मखुन्डो, माटोबाट बनेका भाँडोहरु संकलन गरेर राजदूत निवासमा प्रदर्शनी गरेका छन् ।

अमेरिका र नेपालको सांस्कृतिक दूरीबीच सेतुको काम गर्ने पाँच कलाकृतिलाई यस प्रदर्शनमा समावेश गरेकाे उनले बताए ।

उर्गेन दोर्जे, छिरिङ शेर्पा, रविन्द्र शाक्य, टोनी अब्येता, टम डबिस, जोसेफ के डिक्सन लगायत अन्य दश कलाकारको कला संकलन गरेका छन् ।

संकलित कलाकृतिबारे जानकारी दिने क्रममा बेरीले भने ‘मेरो लागि कला गहिरो भावना हो ।’ संकलित कलाकृति अवलोकन आनन्दित बनाउने र केही चित्रकलाले आफ्नो गृह शहर कोलोराडो सम्झना ताजा गराउने बताए ।

प्रतिकृया दिनुहोस