कान्ति बाल अस्पताललाई अक्सिजन प्लाण्ट जोड्न महानगरको सहयोग
कान्ति बाल अस्पतालमा अक्सिजन प्लाण्ट जोड्न काठमाडौं महानगरले सहयोग गर्ने भएको छ ।
महानगरको सहयोग बारे शुक्रबार मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक आरपी बिच्छा बीच सम्झौता भएको छ । अक्सिजन प्लाण्ट जडान गर्न महानगरले दुई करोड विनियोजन गरेको मेयर शाक्यले बताए ।
बजेट अनुसार, खरीद प्रक्रिया अगाडि बढाउँदा कमसल उपकरण नआउने मेयर शाक्यले विश्वास व्यक्त गरे । उनले पूर्वाधार र सम्पदा सँगै मानवीय सेवामा समेत महानगरले ध्यान दिएको बताए ।
अस्पतालमा अक्सिजन प्लाण्ट जडान पछि वार्षिक ६४ लाख बचत हुनुका साथै सेवा समेत प्रभावकारी हुने अस्पतालले जनाएको छ ।