समाचारशुक्रबार, २२ कार्तिक , २०७६

आलम प्रकरणः पूर्व एसपी लामा खोज्दै प्रहरी

हिमालखबर

१२ वर्ष अगाडि फरहदवा नरसंहार हुँदा रौतहट सशस्त्र प्रहरीको नेतृत्वमा रहेका तत्कालीन एसपी रामकृष्ण लामाको खोजीमा नेपाल प्रहरीले देशभर पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरुमा लामाको खोजी गर्न पत्र पठाएको छ। रौतहट प्रहरीले सहयोग माग्दै प्रधान कार्यालयमा पत्र पठाएको थियो । रौतहट प्रहरीको पत्र पछि मातहतका कार्यालयमा तत्कालीन एसपी लामाको खोजी गर्न पत्राचार गरिएको उच्च प्रहरीले स्रोतले बतायो ।

२७ चैत २०६४ मा जिउँदै मान्छे जलाएको आरोपमा नेपाली कांग्रेसका नेता एवम् रौतहट–२, बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम पक्राउ परेका छन् । २६ असोजमा पक्राउ परेका लामाको थुनछेक बहस सोमबारका लागि तय गरिएको छ ।

निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बनाउँदै गरेको बम बिस्फोट भएर घाइते भएकाहरुलाई ईटाभट्टामा जिउँदै जलाउन तत्कालीन एसपी लामाले सहयोग गरेको स्थानीयको बयानबाट खुलेको छ । तिनै बयानका आधारमा, लामाको खोजीका लागि प्रहरीले पत्राचार गरेको छ ।

उक्त नरसंहारका बेला नेपाल प्रहरी रौतहटका प्रमुख रहेका तत्कालीन एसपी लक्ष्मण न्यौपाने भने ७ भदौ २०७२ मा टीकापुरमा मारिएका थिए ।

राजपुर–फरहदवा बमकाण्ड : प्रतिवादीको तर्फबाट साेमबार थुनछेक बहस

प्रतिकृया दिनुहोस