पहिलो श्रेणीको क्रिकेटमा सोमपालको अर्धशतक
किर्तिपुर मैदानमा सकिएको पहिलो श्रेणीको तीन दिवसीय क्रिकेटमा सोमपाल कामीले अर्धशतक गरेका छन् ।
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्ध नेपालको दोस्रो सेसनमा सोमपालले अर्धशतक गरेका हुन् । सोमपालले गरेको अर्धशतक नेपालका लागि तीन दिवसीयमा उच्च स्कोर समेत हो ।
तर, नेपाल भने तीन दिवसीय क्रिकेटमा एमसीसी सँग २०८ रनले पराजित भएको छ । एमसीसीले पहिलो सेसनमा १०५ ओभरमा ३६४ रन बनाएको थियो भने १५३ रनमै सीमित भयो । एमसीसीले फेरि दोस्रो सेसनमा ६ विकेट गुमाउँदै १८१ बनायो । तर, नेपाल भने १८४ रनमै अलआउट भयो ।
नेपाल टूरमा रहेको एमसीसीले नेपाल सँग अब टी–ट्वान्टी खेल्नेछ । यसअघि एक दिवसीय र नेपालको यू–१९ सँग खेलेको थियो । यसपछि एमसीसीको टोली पोखरा जानेछ । त्यहाँ पोखरा एघार र मुख्यमन्त्री एघारसँग खेल्नेछ ।