पीएसएलको ड्राफ्टमा नेपालका पाँच क्रिकेटरको नाम सिफारिस
पाकिस्तान सुपर लिग (पीएसएल) सिजन २०२० का लागि नेपालका पाँच क्रिकेटरको नाम प्रतियोगिता ड्राफमा पठाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी, आरिफ शेख र विनोद भण्डारीको नाम ड्राफ्टमा राख्न सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउसिन्ल (आईसीसी) मार्फत पीएसएलको ड्राफ्टमा पठाइएको हो ।
पीएसएलको ड्राफ्ट नोभेम्बर अन्तिम साता सार्वजनिक हुँदैछ । गत सिजनमा नेपालका सन्दीप लामिछानेले पीएसएल खेलिसकेका छन् । उनको नाम भने एजेन्सीमार्फत् पठाइएको हो ।
यसपटक पनि एजेन्सीमार्फत् नै सन्दीपले नाम पठाउने भएको छ ।